अमेरिकाका गाउँमा बस्ने पनि सुरक्षित छैनन् भाइरसबाट
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स संयोजक डा. डेवोरह ब्रिक्सले प्राणघातक भाइरस वर्षको सुरुमा भन्दा अहिले निकै फैलिएको बताउँदै अमेरिका महामारीविरुद्ध नयाँ चरणमा रहेको उल्लेख गरेकी छन्।
‘मार्च र अप्रिलको भन्दा अहिले विल्कुल फरक छ। यो असाध्यै फैलिएको छ। सहरबाट गाउँतिर गएको छ,’ ब्रिक्सले भनिन्। उनले अमेरिकीहरूबाटै स्वास्थ्यसंहिता पालना गरिनुपर्नेमा जोड दिइन्।
‘गाउँमा बस्नेहरू पनि भाइरसबाट सुरक्षित छैनन्। बूढापाका, बच्चाबच्ची भएका परिवारले घरमा समेत मास्क लगाएर बस्नुपर्ने हुनसक्छ। आफू पहिल्यै संक्रमित हो कि झैं सर्तक हुनुपर्छ,’ उनले भनिन्।
अमेरिकाका खाद्य तथा औषधी प्रशासक डा. स्कट गोटलिवले गत महिना गरेको प्रक्षेपणअनुसार यो वर्षको अन्त्यसम्म अमेरिकामा ३ लाख मानिसको ज्यान गइसकेको हुनेछ।
(सीएनएनबाट)