सुनचाँदीकाे भाउ स्थिर

सुनचाँदीकाे भाउ स्थिर

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रहेकामा सोमबार पनि सोही मूल्य छ।
 
पछिल्लो एक सातामा सुनको भाउ साढे तीन हजार रुपैयाँभन्दा धेरैले बढेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार आठ सयमा किनबेच भएको थियो।

 सुनको भाउमा आइतबार एकैदिन ३ सयले बढेको थियो।     

महासंघका अनुसार तेजाबी सुनको भाउ पनि स्थिर छ।  तेजावी सुनको भाउ तोलाको  ९९ हजार १ सउ ६० रुपैयाँ रहेको महासंघले जनाएको छ।  

यसैगरी, चाँदीको भाउ पनि स्थिर छ। सोमबार चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार २५ रुपैयाँ घटेर १ हजार २ सय रुपैयाँ कायम भएको थियो। 


Leave a Reply

Your email address will not be published.