ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते

ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते

भोजपुरको आमचौक गाउँपालिका-३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

आइतबार बेलुका सवा ७ बजे बोयाङबाट बालंखा जाँदै गरेको प्रदेश १ ०२-००३ त ५८८ नम्बरको ट्याक्टर आफैं आनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका आमचोक गाउँपालिका-३ का २८ वर्षीय दीपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सोही दुर्घटनामा घाइते अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको तथा तीन जनालई थप उपचारका लागि  धरान पठाइएको प्रहरीले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.