सिन्धुपाल्चोक पहिरोमा आठ जनाको मृत्यु, दुईजनाको पहिचान
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ गौराबजारमा पहिरो खस्दा बेपत्ता भएका आठै जनाको शव फेला परेको छ भने दुई जनाको पहिचान खुलेको छ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा भारतका ४२ वर्षीया राजेन्द्र चौरसिया र विरगन्जका ३५ वर्षीया प्रदिप चौरसिया रहेको प्रहरी निरीक्षक खलबहादुर तामाङले जानकारी दिए।
‘पहिरोमा परी घाइते भएका अर्का भारतीय नागरिक बारु शाहलाई उपचारका लागि काठमाडौं पठाइसकेका छौं अन्य ६ जनाको पहिचान खुल्न बाँकि छ’ उनले भने।
मेलम्ची बजारमा कर्भडहल निर्माण कार्यमा खटिएका ९ मजदुर बसेको टहरा आइतबार बिहान पहिरो जाँदा पुरिएको थियो।