साउने सोमबार, जनै फेर्ने, रक्षा रक्षाबन्धन बाँध्ने र क्वाँटी खाने

साउने सोमबार, जनै फेर्ने, रक्षा रक्षाबन्धन बाँध्ने र क्वाँटी खाने

रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानैदेखि पशुपति मन्दिर परिसरलगायत विभिन्न धार्मिकस्थलमा मानिसको भीड त थियो नै तर पशुपति भने खुलेन।

आज साउनको तेस्रो सोमबार पनि हो। 

चैत ११मा लकडाउन भएपछि पशुपतिनाथ लगायत ठूला धार्मिक पीठहरु बन्द छन्। सोमबार पशुपति नखुलेपनि मानिसको भीडभाड भने उत्तिकै थियो। 

आजै क्वाँटी खाने दिन पनि हो। गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछन्।
वर्षभरि काम गरेर खर्च भएको उर्जा भर्न क्वाँटी खाने चलन छ। 
 


Leave a Reply

Your email address will not be published.