अनशन बसेका अभियन्ता ईः अस्पताल भर्ना

अनशन बसेका अभियन्ता ईः अस्पताल भर्ना

अनशनरत ‘इनफ इज इनफ’ का अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै १७ दिनदेखि काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा अनशनमा बसेका ‘ईः स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार बिहान ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। 

उनले अस्पतालबाटै अनसन जारी राख्ने बताएका छन्।

पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, विदेशबाट आएकालाई स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउनुपर्ने, पिसिआरको नतिजा छिटो आउनुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने आदिा माग राखेर उनले अनशन सुरु गरेका थिए। 


Leave a Reply

Your email address will not be published.