विद्युतीय धरापमा परेका भाइलाई बचाउन जाँदा दाइ पनि रहेनन्

विद्युतीय धरापमा परेका भाइलाई बचाउन जाँदा दाइ पनि रहेनन्

दाङमा जंगली जनावरलाई लक्षित गरी थापिएकाे विद्युतीय धरापमा परी एकैपरिवारका दुई दाजुभाइको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका-१ हर्नोकमा करेन्ट लागेर ३५ वर्षीय दिलबहादुर रावतका छोरा १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

सोही घटनामा परी दिलबहादुर घाइते भएका छन्। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको दाङ प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

बँदेलले मकै खाएर हैरान पारेपछि बँदेल मार्न आइतबार बारीमा विद्यतीय धराप राखिएको थियो। साेमबार बिहान तेजबहादुर मकैका लागि बारीमा गएका थिए। तर उनी साेही विद्युतीय धरापमा परे।

‘तेजबहादुर धरापमा परेपछि बचाउन भनि दाइ पुगेका थिए। तर दुबै जनाको घटनास्थलमै मृत्यु भयाे,’ प्रवक्ता खड्काले भने, ‘उनीहरूलाई करेन्ट लागेर चिच्याएको सुनेपछि पुगेका बुबालाई समेत करेन्ट लागेकाे छ।’ 


Leave a Reply

Your email address will not be published.