पर्वतमा डोर्‍याएर डुलाइएको चितुवा तन्दुरुस्त (भिडियो)

पर्वतमा डोर्‍याएर डुलाइएको चितुवा तन्दुरुस्त (भिडियो)

तपाईँलाई याद छ, करीब डेढ महिना अघि पर्वतको सडकमा डोर्‍याएर हिँडिरहेको चितुवा ?

चितुवा नै डोर्‍याएको फोटो सार्वजनिक भएपछि धेरैले आश्चर्य प्रकट गरेका थिए। उक्त चितुवा पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा फेला परेको थियो।

त्यहि चितुवा तन्दुरस्त भएर जंगल लागेको छ।

जैविक विविधिता संरक्षण केन्द्र अनुसार असार ८ गते प्रहरीले उद्धार गरेको चितुवा सौराहा लगिएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरीनरी टीम, वन्यजन्तु प्राविधिकले उपचार एवं स्याहार गरेपछि  तन्दुरुस्त भएको छ। र, आइतबार चितवन निकुञ्जछेउ जंगलमा छाडिएको छ।


Leave a Reply

Your email address will not be published.