कोरोना लक्षण देखिएका युवाको मृत्यु, स्वाब परीक्षण हुँदै
जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक युवाको मृत्यु भएको छ।
ब्यास गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय युवाको सोमबार बिहान जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेरले दिएको जानकारी अनुसार ती युवामा छाती दुख्ने र ज्वरो आउने गरेको थियो। मृतक युवा कोरोनाका सामान्य लक्षण देखिएपछि परीक्षणका लागि स्वाब संकलन गरेर डडेल्धुरा पठाएको उनले बताए।
रिर्पोट आएपछि मात्रै शवको व्यवस्थापन गरिने प्रजिअ पोखरेलले बताए।