भक्तपुरका ५९ मध्ये ५० संक्रमितले जिते कोरोना

भक्तपुरका ५९ मध्ये ५० संक्रमितले जिते कोरोना

भक्तपुरमा आजसम्म ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ५० जना निको भइसकेका छन्। बाँकी ९ जना संक्रमितको उपचार भइरहेको छ।

भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा संक्रमित फेला परेका छन्। भक्तपुर नगरपालिका क्षेत्रमा जिल्लामै सबैभन्दा बढी संक्रमित भेटिएका छन्। 

भक्तपुर नगरमा मात्रै १७ जना संक्रमित भेटिएका छन्। भक्तपुरपछि दोस्राे धेरै संक्रमित भएका नगरपालिका चाँगुनारायण हो। चाँगुनारायणमा १२ जनामा संक्रमण पुष्टि भएको हाे।

यस्तै मध्यपुर थिमि ८ जना र सूर्यविनायक नगरपालिकामा ६ जना संक्रमित भेटिएका छन्। अन्य १६ जना संक्रमित भक्तपुरमै रहेका भए पनि उनीहरूको ठेगाना खुलाइएको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिलेसम्म ५९ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमित हुनेमा २८ जना पुरुष र ३१ जना महिला रहेको मिजारले जानकारी दिए। क्वारेन्टाइनमा रहेकाहरू पाटन अस्पताल, टेकु अस्पटताल, सोल्टी हाेटल, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शिक्षण अस्पताल महाराजगञ्ज र काठमाडौं मेडिकल कलेजमा राखिएको उनले जानकारी दिए। 

जिल्लामा पहिलोपल्ट मध्यपुर थिमिमा १ जना र चाँगुमा १ जना कोरोना संक्रमित भेटिएको मिजारले बताए। जसमा थिमीमा डेरामा बस्ने थिए भने चाँगुमा आफ्नै घर भएका स्थानीय थिए।

भक्तपुर नगरपालिका– ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वका अनुसार उनको वडामा एकजना वडा सदस्यलाई संक्रमण भएको थियो। वडा सदस्यका साथै वडा सचिवलाई पनि कोरोना भई निको भइसकेको उनले बताए।

विशेष सावधानी अपनाएर कोरोनाबाट बच्न सकिने उनको भनाई छ। आफ्नो वडाका जनप्रतिनिधिहरूमा कोरोना पुष्टि हुँदा आफूहरूलाई नै समाजले गर्ने व्यवहार फरक पाएको उनको भनाई छ।

उनले कोरोना संक्रमितको मनोबल बढाउनु पर्नेमा दुव्र्येवहार नगर्न सबैसँग आग्रह गरे।


Leave a Reply

Your email address will not be published.