प्रशिक्षक राईलाई आर्थिक सहयोग
सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायले ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन्।
राई हाल काठमाडौं क्यान्सर रिसर्च सेन्टरमा क्यान्सरको उपचार गराइरहेका छन्। राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाय र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरे।