१३औं संस्करणको आइपिएल सेप्टेम्बर १९ देखि युएईमा हुने

१३औं संस्करणको आइपिएल सेप्टेम्बर १९ देखि युएईमा हुने

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको युएईमा सेप्टेम्बर १९ मा सुरु हुने भएको छ। १३औं संस्करणको आइपिएल कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । 

आइपिएल गभर्निङ काउन्सिलको आइतबार बसेको बैठकले सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म प्रतियोगिता गरिने जनाएको हो ।

युएईमा आइपिएल गर्नका लागि भारतीय खेलकुद मन्त्रालयले स्वीकृति दिइसकेको र गृह मन्त्रालयको स्वीकृति पनि अन्तिम चरण रहेको काउन्सिलको बैठकमा जानकारी गराइएको थियो। 

आइपिएलका खेलहरू दुबई, अबुधाबी, शारजहाँका मैदानमा खेलाउन सकिने जनाइएको छ।

कोरोना संक्रमण झन् बढ्दै गएकाले भारतमै आयोजना गर्ने प्रयास असफल भएको बिसिसिआईका एक पदाधिकारीले जनाएका छन् । ‘त्यसका लागि मुम्बई–पुनेका तीन–ठाउँ हेरियो, गुजरातका तीन स्थान राजकोट, अहमदाबाद र वडोदरा गर्ने योजना बनाइएको थियो उक्त प्रस्ताव सरकारलाई पठाइए पनि कोरोना महामारीका कारण त्यो स्वीकृत भएन,’ ती पदाधिकारीले भने।

युएईमा आइपिएल हुन लागेको यो दोस्रोपल्ट हो। यसअघि २०१४ को संस्करणमा भारतीय चुनावका कारण आधा जति खेल दुबईमा खेलाइएको थियो।


Leave a Reply

Your email address will not be published.