प्रदेश १ मा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए

प्रदेश १ मा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए

प्रदेश १ मा हालसम्मकै सबैभन्दा कोरोना भाइरसको संक्रमित फेला परेका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मात्र ५७ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यसमा झापा, मोरङ र सुनसरीका मात्र छन्। भारतीय सीमासँग जोडिएका यी जिल्लामा पछिल्लो समय समुुदायमा कोरोना संक्रमण फैलिएको चिकित्सकले पुष्टि गरिसकेका छन्। प्रदेश १ को सदरमुकाम एवं एक्लो महानगर विराटनगर क्षेत्रमा मात्र २२ जना नयाँ संक्रमित फेला परेका छन्। विराटनगरले शनिबारदेखि लकडाउन घोषणा गरिसकेको छ। 

तीन जिल्लामध्ये मोरङमा मात्र ४६ संक्रमित पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्या हो। त्यसमध्ये २२ जना रंगेली र २ जना कटहरीका छन्। सुनसरीको इटहरीका ३  र धरान र इनरुवाका थप १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

झापाको बिर्तामोडमा १ र अर्जुुनधारामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशमा हालसम्मकै उच्च संक्रमित फेला परेपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोमेललाई बताएका छन्। उनले संक्रमणको थप जोखिम रहेको र अझ संक्रमित थपिने सम्भावना रहेको हुँदा सरकारले उपचार क्षमतालाई बढाउने योजनासहित दू्रत रूपमा काम गरिरहको जानकारी दिए।

सामाजिक विकासमन्त्री जीवन घिमिरे
सामाजिक विकासमन्त्री जीवन घिमिरे

‘लकडाउन खुलेपछिको परिस्थिति सामना गर्न हामी तयार हुनुपथ्र्यो। चुनौती बढिरहेकै थियो,’ मन्त्री घिमिरेले भने, ‘अब यो पछिल्लो अवस्था हेरेर मास स्क्रिनिङ गर्दै परीक्षण र उपचार क्षमता बढाउने तयारी थालिसकेका छौं।’ 

उनका अनुसार जनतामा जागरण ल्याउने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। त्यस्तै संक्रमितको कन्ट्रयाक हिस्ट्री खोज्दै ‘फास्ट टेस्ट’ र थप संक्रमण हुन नदिन विशेष स्वास्थ्यकर्मीको टोली खटाएको छ। 

मन्त्री घिमिरेले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड उपचार केन्द्रको क्षमता डबल बनाउने काम भइरहेको छ । प्रतिष्ठानका उक्त उपचार केन्द्रको क्षमता १ सय बेडको छ। त्यस्तै झापाको मेची अस्पतालमा आजैदेखि आइसोलेटेड अस्पताल बनाएर सेवा सुचारु गरिएको छ। त्यसमा सुरुमा ५० बेडबाट सेवा सुरु हुने बताइएको छ। यता ७० बेड क्षमताकोे विराटनगरको कोसी कोभिड अस्पतालको सेवालाई ३ सय बेडको बनाउने गरी काम तीव्र गतिमा भइरहेको मन्त्री घिमिरेले बताए। 

हाल प्रदेश १ का ५ स्थानबाट पिसिआर परीक्षण भइरहे पनि विराटनगर र धरानबाट ठूलो परिमाणमा परीक्षण गर्ने क्षमता रहेको छ। दैनिक ८ सयको परीक्षण क्षमता रहे पनि स्विस सरकारले दुुई ठूला पिसिआर मेसिन प्रदान गरेपछि तीन दिनभित्र प्रदेश १ को पिसिआर परीक्षण क्षमता दैनिक १ हजार ५ सय हुने मन्त्री घिमिरेको दाबी छ । 

हालसम्म प्रदेश १ मा १ हजार १ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। जसमध्ये ८ सय २७ जना डिस्चार्ज भइसकेका छन्। २ सय ४ जना आइसोलेसनमा रहेका छन् भने ९० जना उपचार प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ। 

प्रदेश १ मा एक ४५ वर्षे मोरङका पुरुषको कोरोनाकै कारणले ज्यान गइसकेको छ। 


Leave a Reply

Your email address will not be published.