नारायणस्थान रेसिडेन्सको बुकिङ्ग खुला, पहिलो ग्राहकलाई १० लाख छुट
नारायणस्थान रेसिडेन्सले रेसिडेन्सका लागि बुकिङ्ग खुला गरेको छ। पन्चकन्या मार्ग बूढानीलकण्ठमा रहेको रेसिडेन्सले आजबाट बुकिङ्ग खुला गरेको हो।
पहिलो फेजमा ८ वटा घरको बुकिङ्ग खोलिएको हो। ४ आना १ पैसामा बनेका साढे दुई तल्ले घरलाई बुकिङ गर्न सकिने छ।
दोस्रो फेजमा ५ वटा घरका लागि बुकिङ्ग खोलिने छ। रेसिडेन्स ९० आना जग्गामा निर्माण हुने छन्।
अग्रिम बुकिङ्ग गरी घर खरिद गर्न सकिने रेसिडेन्सका सञ्चालक धिरज श्रेष्ठले बताए।
पहिलो ग्राहकलाई दश लाख रुपैयाँ छुट प्रदान गरिने उनले बताए। तर, त्यसका लागि १५ दिनभित्र घर बुकिङ्ग गरिसक्नुपर्ने छ। घरहरूको डिजाइन तथा निर्माण पाइला कन्स्ट्रक्सनले गर्नेछ।
पाइला कन्स्ट्रक्सनका टेक्निकल डाइरेक्टर हृदय खड्काले रेसिडेन्टका घरहरू भूकम्प प्रतिराेधी, भवन निर्माण संहिता अनुसार बनाइएकाले आवास प्रयाेजनका लागि उत्कृष्ट रहेकाे बताए ।
पूर्वी माेहडाका घरहरूलाई वास्तुशास्त्र अनुसार डिजाइन गरिएकाे पनि उनले जानकारी िदए।