ठगी गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ
ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। काठमाडौं क्षेत्रपाटीमा बसिरहेका डानियल लि एमसिजीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
काठमाडौं-३२ कोटेश्वरका टुकनारायण श्रेष्ठलाई आफ्नो कम्पनीको पार्टनर बनाउने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
डानियलले सुजन था र सन्दीप कार्कीबाट समेत जनहीँ पाँच लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनले बिजनेस भिसामा अमेरिका लैजान्छु भनी पैसा उठाएको पीडितले जाहेरी दिएका छन्।