सुदूरपश्चिममा थप ८७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ८७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टाको अवधीमा सुदूरपश्चिममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टाकोमा कैलालीका ६७, कञ्चनपुरका १६ र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रबत्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कैलालीका ३५ र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ भने भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

गौतमका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३१, कञ्चनपुरका ८ र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४९ रहेको छ। 

सुदूरपशिचममा कुल संक्रमितको संख्या ४ हजार ८ सय ४ पुगेको छ।


Leave a Reply

Your email address will not be published.