बाँके निकुञ्जका अधिकृतसहित दुईजना अख्तियारको नियन्त्रणमा

बाँके निकुञ्जका अधिकृतसहित दुईजना अख्तियारको नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। स्रोत नखुलेको रकम र बैंक भौचरसहित रुपन्देहीको सैनामैनाबाट अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया रहेका छन्। उनीहरूलाई श्रोत नखुलेको नगद रकम ३ लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर रकम ५ लाख ५० हजारसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

कार्यालयको बा२झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अख्तियार कार्यालय बुटवलबाट खटिएको टोलीले सोमबार सैनामैना नगरपालिको सालझण्डीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.