लगानी बोर्डको सिइओमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय

लगानी बोर्डको सिइओमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर सुशील भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य भट्टलाई लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

तत्कालीन सिइओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि खाली रहेको उक्त पदमा भट्ट चयन भएका हुन्।

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टसँगै, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको  मन्त्रिपरिषदमा पेस गरेकाे थियाे। 

त्यसअघि सरकारले लगानी बोर्डको सिइओका लागि दरखास्त आह्वान गरेपछि  १२ जनाले प्रस्ताव पेस गरेका थिए।

 प्रधानमन्त्रीको अध्यक्षतामा रहने बोर्डले ६ अर्ब रुपैयाँभन्दा बढी लगानीका परियोजनाको अनुमति दिने गर्छ,  बोर्डलाई २ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको अनुमति तथा लगानीसम्बन्धी काम गर्ने अधिकार पनि दिइएको छ ।


Leave a Reply

Your email address will not be published.