कोरोना संक्रमितको उपचारका लागि भद्रपुर अस्पतालमा भेन्टिलेटर

कोरोना संक्रमितको उपचारका लागि भद्रपुर अस्पतालमा भेन्टिलेटर

झापामा कोरोना भाइरस संक्रमितको उपचारका लागि २५ सैय्याको आइसोलेशन र दुई भेन्टिलेटर कक्ष निर्माण गरिएको छ। 

प्रदेश १ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा २५ सैय्याको आइसोलेसन र दुई वटा भेन्टिलेटर राखिएको डा. गोबिन्द कडेलले जानकारी दिए।

संक्रमितको उपचारका लागि प्रदेश सरकारले अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको हो।

आज पाँचजनालाई आइसोलेसनमा राखेर संक्रमितहरूको उपचार सुरु गरिएको स्वास्थ्य डा. कडेलले जानकारी दिए।

उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका चार जना पुरुष र बिर्तामोड नगरपालिकाका एक/एक जना महिला सो अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्।

प्रदेश १ सरकारको निर्देशन अनुसार अस्पताल विकास समितिको बसेको बैठकले कोरोना संक्रमितहरुलाई सो अस्पतालमा  राख्ने निर्णय भएको डा. कडेलले जानकारी दिए।

हिजोसम्म जिल्लामा संक्रमण पुष्टि भएकालाई उपचारका लागि मोरङको गोठगाउँ, बिराटनगर र धरान पठाउने गरिएको थियो।

झापामा आज थपिएका पाँच जना गरी  संक्रमतिको संख्या ३७६ पुगेको छ। उनीहरूमध्ये ३१२ जना उपचारपछि  घर फर्किएका छन्। 

संक्रमित हुनेमा तीन जना स्थानीय, एक जना जनपथ प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा अन्य भारत र तेस्रो मुलुकबाट फर्किएका हुन्।


Leave a Reply

Your email address will not be published.