विश्वभर चौबिस घण्टामा १ लाख ९८ हजार बढी नयाँ संक्रमित

विश्वभर चौबिस घण्टामा १ लाख ९८ हजार बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमणदर निरन्तर बढिरहेको छ।

बितेको चौबिस घण्टामा भारतमा कोरोना भाइरसबाट ८ सय १० जनाको मृत्यु भएको छ। थप ५० हजार ६ सय २९ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

भारतमा मंगलबार बिहानसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३८ हजार ९ सय ७१ जना पुगेको छ भने १८ लाख ५५ हजार ३ सय ३१ जना संक्रमित छन्।

भारतमा देखिएका भाइरसका संक्रमितमध्ये १२ लाख ३० हजार ४ सय ४० जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

बितेको चौबिस घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५  सय ५१ जनाको ज्यान गएको छ भने ४८ हजार १४जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ९ सय १२ पुगेको छ भने ४८ लाख ६१ हजार ५ सय ५६ जना संक्रमित छन्।

ब्राजिलमा एक दिनमा कोरोनाबाट ५ सय ७२ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८८ जना नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९४ हजार ७ सय २ पुगेको छ भने  २७ लाख ५१ हजार ६ सय ६१ जना संक्रमित रहेका छन्।

त्यस्तै मेक्सिकोमा एक दिनमा  २ सय ७४ जनाले कोरोनाका कारण  ज्यान गुमाएका छन् भने ४ हजार ८ सय ५३ ना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा कोरोनाबाट ज्यान गुमाउनेको सएंख्या ४७ हजार ७ सय ४६ पुगेको छ भने ४ लाख ३९ हजार ४६ जना संक्रमित छन्।
यसरी विभिन्न देशमा गरी एकैदिन विश्वभर १ लाख ९८ हजार ७ सय ४ जना कोरोना नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ।

यसरि विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ९६ हजार ८ सय   पुगेको छ भने १ करोड ८४ लाख ३४ हजार २ सय ७५ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये १ करोड १६ लाख ६४ हजार ७ सय २२ जना निको भएका छन्।


Leave a Reply

Your email address will not be published.