यस्तो हुनेछ, आगामी तीन दिनको मौसम 

यस्तो हुनेछ, आगामी तीन दिनको मौसम 

अहिले प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानको मौसममा सामान्य बदली भइरहेको छ भने अरु प्रदेशमा आंशिक बदली रहेको छ।

आज देशभरको मौसममा आंशिक बदली हुने र अपरान्हपछि प्रदेश एक, दुई र बागमती प्रदेशका केही स्थानमा मध्यमखालको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

तीन दिनको मौसम 

मंगलबार

दिउँसो : देशभर आंशिक बादली भएपनि अपरान्ह पछि सामान्य हुनेछ। प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मध्यमखालको वर्षा हुनेछ। 
राति : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार

दिउँसाे : प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश नम्बर १ प्रदेश  २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका केही भागमा मध्यम खालको वर्षा हुनेछ। 

बिहीबार

दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी प्रदेश प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति :  देशभर आंशिक देखि सामान्य बदली हुने र मध्यमखालको वर्षा हुने। 
  
 


Leave a Reply

Your email address will not be published.