भक्तपुरमा गाईजात्रा सुरु

भक्तपुरमा गाईजात्रा सुरु

आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ। 

तर, यहाँंको गाइजात्रा यो वर्ष कोरोनाका कारण औपचारिकतामा मात्रै सिमित हुने भएको छ। 

जात्राको क्रममा घिन्ताङघिसी (लठी जुधाएर खेलिने नाच) का साथ अन्य नाचहरु प्रदर्शन हुने छैनन्। 

जात्राका क्रममा मृत्यु भएका परिवारबाट घिन्ताङघिसी नाच ननचाई दुई चार जनाको समूहमा मात्रै नगर परिक्रमा गराइनेछ। 

साथै जात्राका अन्य दिनहरुमा पनि नाचगान नहुने जनाइएको छ ।  

गाईजात्राको विशेष दिन यो वर्ष मंगलबार हो। 

कोरोनाका कारण भक्तपुर नगरपालिकाले यस वर्षका जात्रा औपचारिकतामा मात्रै सिमित गर्न नगरपालिकाले नगरबासीलाई अनुरोध गर्दै आएको छ। 

जात्रालाई अन्य वर्षहरुमा जस्तो हुल नबनाउन नगरपालिकाले यो वर्ष स्वयमसेवक परिचालन गर्ने भएको छ। 

जात्रामा भीडभाड नहोस् भनेर नगरको वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडाहरुमा स्वंयसेवक परिचालन भएका छन्। 

गाईजात्राको दिनमा सरसफाईमा विशेष ध्यान दिने नगरपालिकाले जनाएको छ । नगरका मुख्य मुख्य सडक र गल्लीहरुमा क्लोरिन पानी छर्कने, जात्रा हेरालुहरुलाई मास्क प्रयोग गर्न उत्साहित गर्ने र वडाका ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने जनाएको छ। 

संस्कृतिकर्मी ओम धौभडेल भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने भए पनि यो वर्ष विशेष कारण औपचारिकतामा मात्रै सिमित हुने बताए। 

यसवर्ष बढी हुलमुल नगरी जात्रा औपचारिकतामा मात्रै सकाउनुपर्नेमा उनको जोड छ । 

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्तान्गिसी नाच हो। हजारौ टोलीहरुले नगरभरि दिनभरि लठी जुधाएर यसको प्रदर्शनी हुन्छ। 
टोलीले भक्तपुर नगर परिक्रमा गर्ने गर्दछ। वर्षभरिमा मृत्यु भएका परिवारकोतर्फबाट एकएक टोली नाच नाचेर नगर परिक्रमा गर्ने गर्दछन्। 

तर यो वर्ष यी सवै कुरा औपचारिकतामा मात्रै सिमित हुनेछन्। 

भक्तपुरको गाइजात्राको मुख्य आकर्षण भक्तपुर नगर हो। उता मध्यपुर थिमिमा भने विगतमा जस्तै जात्रा निरन्तर हुनेछ। 


Leave a Reply

Your email address will not be published.