भ्रष्टाचारमा मुछिएका स्पेनी पूर्वराजाले देश छाड्ने

भ्रष्टाचारमा मुछिएका स्पेनी पूर्वराजाले देश छाड्ने

स्पेनका पूर्वराजा जुआन कार्लोसले देश छाड्ने भएका छन्।

स्पेनमा करिब ४० वर्ष राज गरेका पूर्वराजा कार्लोसमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धामन भइरहेकै बेला उनले देश छाड्ने खबर बाहिरिएको हो।

५ वर्ष अघि सत्ता हस्तान्तरण गरेका ८२ वर्षीय जुआनले आफ्ना छोरालाई पत्र लेख्दै देश छाड्न लागेको बताएको बिबिसीले जनाएको छ।

जुनमा स्पेनको सर्वोच्च अदालतले कार्लोस साउदी अरेबियाको रेल कम्पनीको ठेक्कामा संलग्न भएको भन्दै अनुसन्धान गर्न निर्देशन दिएको थियो।

कार्लोस कहाँ गएर बस्ने र कहिले देश छोड्ने भने खुलेको छैन। उनलाई स्वीस बैंकमा समेत अवैध सम्पत्ति राखेको आरोप छ।

पूर्वराजा कार्लोसले सन् २०१४ मा राजगद्दी त्यागेका थिए।


Leave a Reply

Your email address will not be published.