सुनको भाउ २ सय कम १ लाख

सुनको भाउ २ सय कम १ लाख

नेपाली बजारमा पहँलो धातु सुनको भाउ १ लाखहाराहारीमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सुन आइतबार र सोमबार तोलाको ९९ हजार ६ सयमा किनबेच भएको थियो। तर, मंगलबार तोलाको २ सय रुपैयाँले बढेर लाखको हाराहारी पुगेको हो।

नेपाली बजारमा गत साता मात्र सुनको भाउ साढे ३ हजार रुपैयाँले बढेको थियो। गत शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ८ सयमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ ९९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ आइबार र सोमबार तोलाको  ९९ हजार १ सउ ६० रुपैयाँ थियो।

यसैगरी, चाँदीको भाउ भने पछिल्लो समय स्थिर छ।

आइतबार चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भएकोमा सोमबार र मंगलबार पनि सोही मूल्य छ। गत शुक्रबार २५ रुपैयाँ घटेर १ हजार २ सय रुपैयाँ कायम भएको थियो। 


Leave a Reply

Your email address will not be published.