सकियो अनलाइन स्विमिङ लेभल वान कोर्स

सकियो अनलाइन स्विमिङ लेभल वान कोर्स

नेपाल ट्रायथलन संघको आयोजना र वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स सम्पन्न भएको छ।

कोर्समा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकले भाग लिएका थिए। प्रशिक्षार्थीलाई सिंगापुरका प्रशिक्षक युजित लीले अनलाइनमार्फत प्रशिक्षण दिएका थिए।

कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकै नै महत्त्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागी प्रशिक्षकले बताए।

प्रशिक्षक लीले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए।

प्रशिक्षकले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीको स्तर वृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको विश्वास छ।

प्रशिक्षक युजिन लील कार्यक्रमलाई सञ्चालन गर्न विशेष भूमिका खेल्ने संघका महासचिव युवराज सुनुवारलाई विशेष धन्यवाद दिए।

प्रशिक्षार्थीले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीको स्तर वृद्धि गर्न र नयाँ खेलाडी उत्पादन गर्न मदत पुग्ने बताए।

वर्ल्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ।
 


Leave a Reply

Your email address will not be published.