सरकारको काम टेलिभिजनको पर्दामा देखिँदैन : प्रधानमन्त्री

सरकारको काम टेलिभिजनको पर्दामा देखिँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटमा आफ्नै पार्टीका नेताहरू जनताप्रति उदासिन भएर स्वार्थको पछि दौडिएको दाबी गरेका छन्।

बालुवाटारमा मंगलबार विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले संकटको बेला आफ्नै पार्टीका नेताहरू गैरजिम्मेवार भएको बताए।

सरकारले संक्रमण फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन दिएको भन्दै ओलीले आफ्नै पार्टीमा ४५० जनालाई भेला गराउन दबाब सिर्जना गरिएको बताए।

‘सरकारको काम टेलिभिजनको पर्दामा हेरेर देखिँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागी एकले भने।

सञ्चारमाध्यम र बौद्धिक जगतबाट आलोचना मात्र भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पोखे। उनले संक्रमणदर घटाउँदै विस्तारै शून्यमा झार्ने चुनौती रहेको बताए।

‘लकडाउन गर्दा किन गर्‍यो भन्ने, नगर्दा किन गरेन भन्ने कुरा आउँछ,’ उनले भने।


Leave a Reply

Your email address will not be published.