गुटखा व्यवसायीसँग २ लाख लिँदै गरेका राजस्व अनुसन्धानका प्रमुख पक्राउ
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ।
आयोगको टोलीले रानालाई बुटवल-१३ बुद्धचोकबाट पक्राउ गरेको हो। अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुषालका
अनुसार रानाले एकजना गुटखा व्यापारी अनिलकुमार झासँग २ लाख रुपैया लिँदै गर्दा पक्राउ गरेको हो।
उनीहरूबीच लेनदेन चलिरहँदा स्थानीयले सूचना दिएपछि अख्तियारको टोली पुगेर रंगेहात पक्राउ गरेको हो।