काठमाडौं उपत्यकामा ६२, देशभर २५९ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६२, देशभर २५९ कोरोना संक्रमित थपिए

मगंलबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाडौंका ३८ जना, भक्तपुरका ११ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशलामा काठमाडौं ५ जनामा, नेपाल प्रहरी अस्पताल प्रयोगशलामा भक्तपुरका १ जना रहेका छन्।

त्यसैगरी, स्टार अस्पतालको प्रयोगशालमा काठामाडौं २ जना, ललितपुरका १ जना, विआइडिएच ल्याबमा काठमाडौंका ३ जना, नेपाल कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।

मगंलबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.