फ्लोरिडा ओपन अनलाइन तेक्वान्दोमा नेपाली खेलाडीलाई तीन पदक

फ्लोरिडा ओपन अनलाइन तेक्वान्दोमा नेपाली खेलाडीलाई तीन पदक

नेपाली खेलाडीले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ।

ओंग्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, समान १–१ रजत र कांस्य पदक जितेका छन्। नेपालका राजु नगरकोटीले  स्वर्ण, सन्जिव नेपालले रजत र सन्दीपा अम्गाईंले कांस्य  जितेका थिए।

राजुले ५० वर्षमुनि उमेरसमूहको पुम्सेमा स्वर्ण जिते। उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई हराए। राजुले कुल ५.७६७ अंक पाउँदा पाब्लोले ५.४६७ अंक बटुले।

४० वर्षमुनि उमेरको पुम्सेमा सन्जिवले रजतमै खुम्चिए। उनी अमेरिकाका गिलबर्ट जामेनासँग हारे। गिलबर्टले ६.६६० अंक र सन्जिवले ५.८३३ अंक पाएका थिए।

महिला ३० वर्षमुनि सन्दीपाले ५.९६७ अंक प्राप्त गर्दै कांस्य जितिन्। बट्रिज बेलिसेनले ७.१६७ अंक र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंक  बटुलेर स्वर्ण र रजत जिते।

च्याम्पियनसिपमा अस्ट्रेलिया, क्यानडा, अमेरिका, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायतका राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्पm प्रतिस्पर्धा भएको थियो। 


Leave a Reply

Your email address will not be published.