अख्तियारका १४ प्रहरीमा कोरोना संक्रमण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीका अनुसार तीमध्ये १४ जना अख्तियारमा खटिएका प्रहरी तथा एकजना अख्तियारकै सवारी चालक हुन्।
उनका अनुसार संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको छ।
मंगलबार उपत्यकामा ६२ जन काेराेना संक्रमित पुष्टि भएकाे थियाे ।