प्रदेश २ सरकारले पाँच सय आइसोलेसन बेड थप्ने

प्रदेश २ सरकारले पाँच सय आइसोलेसन बेड थप्ने

प्रदेश २ सरकारले कोरोना संक्रमितहरूको उपचारका लागि तत्काल पाँच सय आइसोलेसन बेड थप्ने भएको छ। प्रदेशमा कोरोना महामारी समुदायस्तरमा फैलिइरहँदा कोरोना संक्रमितहरूको उपचारका लागि सरकारले आइसोलेसन बेड थप्न लागेको हो।

कोरोना महामारी भयावह रुप लिन थालेपछि आगाी रणनीति तय गर्न मुख्यमन्त्री लालबाबु राउतले बोलाएको सर्वदलीय बैठकले प्रदेशमा उपचारसहितको पाँच सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ।

बैठकले कोरोना परीक्षणलाई तिब्रता दिन प्रादेशिक प्रयोगशाला जनकपुरमा आरएन अटो एक्सट्र्याक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा पार्ने निर्णयसमेत गरेको छ।

यसैगरी कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।

बैठकमा प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवसहित प्रदेश सांसदहरूको समेत उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published.