झापामा थपिए आठ संक्रमित
मंगलबार झापामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुने आठै पुरुष हुन्।
उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
संक्रमण पुष्टि हुनेहरु कचनकवल गाउँपालिका-१,४ र ७ का एक/ एकजना, भद्रपुर नगरपालिका-८ का एक, गौरीगञ्ज गाउँपालिका-५ का दुई र दमक नगरपालिका-१ र ५ का एक/एकजना रहेका छन् ।
संक्रमितलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय ८४ पुगेको छ। जसमध्ये ३ सय १८ जना निको भएर घर फर्किएका छन्।