वुहान : कोरोनाका प्रश्नहरूले मौनतामा डुबाएको सहर
वुहान सहरछेउको एउटा गाउँ। घरको एक कोठामा एक शिक्षित महिला चुपचाप केही जप गरिरहेकी थिइन्। अर्कोपट्टी एक महिला सुकसुकाइरहेकी थिइन्।
गत फेव्रुअरीमा कोरोना भाइरसले उनका ४४ वर्षीय भाइको ज्यान लियो। भाइको निधनपछि यी महिला निकै दु:खी छिन्। र, उनी आफैलाई सम्हालिन गाह्रो भइरहेको छ।
यी महिलाको नाम मिस वाङ् र उनका भाइको नाम वाङ् फेई हो। घरमा उनलाई सबैले फेईफेई भनेर बोलाउँथे।
वाङ् भन्छिन्, 'फेईफेईको अन्तिम संस्कारपछि एक तान्त्रिकमार्फत मलाई एक सन्देश आयो। फेईफेईलाई लाग्दैन कि उसको मृत्युका लागि म जिम्मेवार हुँ।'
'तान्त्रिकहरु मलाई सहज गर्ने कोसिस गरिरहेका थिए। मानौकी अब मेरो भाइ यस दुनियामा छैन,' उनले भनिन्।
उनका भाइले कोरोना अस्पतालमा अन्तिम सास लिँदै थिए, तर उनलाई भेट्न कोही जान सक्दैनथे। अन्तिम क्षणतिर उनले हृदयविदारक थुप्रै सन्देश पठाएका थिए।
यस्तै एक सन्देशमा उनले लेखेका थिए, 'म निकै थाकेको महसुस गरिरहेको छु। जस्तोकि यो रोगबाट निकै लामो समयदेखि ग्रस्त छु।'
भाइको मृत्युका लागि अहिले मिस वाङले जुन अपराधबोध गरिरहेकी छिन् त्यो यो विश्वव्यापी कोरोना महामारीले पैदा गरेको आम पीडा हो।
कोरोना संक्रमितलाई परिवारबाट अलग गरिएको थियो।
'म आफ्नो भाइको रेखदेखका लागि अस्पताल पनि जान सकिनँ। जब उसले प्राण त्यागेको खबर आयो मलाई विश्वास गर्न निकै मुस्किल भयो। मेरो परिवार शोकमा डुबिसकेको थियो', उलने भनिन्।
उनी यतिवेला आफ्नो भाइको उपचार कसरी गरिएको थियो भन्ने जान्न चाहन्छिन्।
भाइको राम्रोसँग रेखदेख भयो कि भएन यो पनि जान्न चाहन्छिन् उनी। कतै निकै प्रयास गरेको भए आफ्नो भाइको ज्यान जोगिन पो सक्थ्यो कि भन्ने उनलाई लागिरहन्छ।
तर, पुलिसले मिस वाङ्लाई विदेशी सञ्चारमाध्यम सामू मुख नखोल्न चेतावनी दिएको थियो। उक्त आदेश नमान्नु भनेको जोखिम मोल्नु थियो।
बिबिसीले ति महिलासँग कुरा गर्न खोज्दा उनीसँग सादा पोसाक लगाएका पुलिस साथमै थिए। जब ति महिला बिबिसीकर्मीको कारमा बस्न थालिन् पत्रकारहरुलाई प्रहरीले रोकिदियो।
वुहानमा अर्का व्यक्तिसँग बिबिसीले इन्टरभ्युका लागि सहरदेखि पूर्वमा रहेको एउटा तालको किनारामा अँध्यारोमा भेटेको थियो।
उनले बताए अनुसार पुलिस उनका पिताको निधनका बारेमा कुरा गर्न दुई पटक घर आएका थिए।
वुहानमा महामारी कसरी र किन फैलियो?
के यो विभिन्न तरिकाले रोकधाम गर्न सकिन्थ्यो?
पीडित परिवार र पत्रकारका लागि यो प्रश्न सोध्नु ठूलो कुरा होइन। तर, यो कसैको रुची र अरुचीको विषय हुनुहुँदैन।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको केन्द्र वुहानका कारेमा यस्ता प्रश्न गर्नु निकै जरुरी छ।
यो १५ जनवरी आसपासको कुरा हो। जब वाङ् फेईलाई लाग्यो कि उनको स्वास्थ्य ठिक छैन। त्यो समयमा तीनमा कोरोनाबाट मर्नेको संख्या मात्र तीन जना थियो।
तर, अहिले विश्वभर कोरोनाबाट २९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
अहिलेसम्मको अनुसन्धानलाई मान्ने हो भने वुहान नै त्यो स्थान हो जहाँबाट कोरोनाको उत्पति भएको थियो।
यही त्यो स्थान हो जहाँ कोरोना भाइरसलाई काबु राख्ने कोशिश भयो। जही त्यो स्थान हो जहाँ यस भाइरसको स्रोत खोज्न जरुरी छ, ताकी सबैभन्दा ठूलो अनुत्तरित प्रश्नको जवाफ मिल्न सकोस्।
के कोरोना भाइरस प्रकृतिबाट उत्पति भएको हो? वा कुनै जनावरबाट मानिसमा सरेको हो? या कुनै प्रोयोगशालाबाट लिक भएको हो?
यतिवेला वुहानमाथि थुप्रै प्रश्न तेर्सिरहेका छन्।
र, वुहान आफू भने मौनतामा डुबिरहेको छ।
बिबिसीबाट अनुवादित सामग्री