बम बिस्फोट घटनाका फरार अभियुक्त पक्राउ

बम बिस्फोट घटनाका फरार अभियुक्त पक्राउ

बाँकेमा तीन वटा बम बिस्फोट घटनाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

मालपोत कार्यालय, भूमी सुधार कार्यालय र गनापुरस्थित एक उद्योगमा बम बिस्फोटको घटनामा फरार प्रतिवादी डुडुवा गाउँपालिका वडा नम्बर ६ का केशव राँढलाई प्रहरीले पक्राउ गरेको हो।

राँढ बिगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न अपराधमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिबादी राँढमाथि २०६८ चैत ६ गते साविक गनापुर–९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रि, २०६८ मंसिर १४ गते भूमीसुधार कार्यालय र २०६८ मंसिर १४ गते नै मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएको घटनामा संलग्न भएको मुद्दामा अदालतबाट तीन वटै घटनामा ६/६ महिना कैद र ५/५ हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.