बेकरी उद्योगको लापरबाही : फाेहरै फाेहर, उत्पादनमा लेबलिङ

बेकरी उद्योगको लापरबाही : फाेहरै फाेहर, उत्पादनमा लेबलिङ

मापदण्ड विपरीत सञ्चालित पोखराको एउटा बेकरी उद्योग बन्द गरिएको छ। 

प्रदेश बजार अनुगमन टोलिले पोखरा–५ पस्र्याङको विन्ध्यवासिनी सफल फुड्स प्रालि ३ दिनलाई बन्द गराएको हो। उद्योगले बेकरी आइटम उत्पादन गर्दै आएको छ। 

आफ्नो उत्पादनमा लेबलिङ नगरेको, सरसफाइमा ध्यान नदिएको भेटिएपछि उद्योग बन्द गरिएको अनुगमन समितिका सदस्य प्रशान्त पोखरेलले जानकारी दिए। 

‘उद्योगको अवस्था एक्दमै नाजुक थियो। कामदारले पनि सुरक्षा सतर्कता नअपनाएको पाइयो,’ उनले भने, ‘उत्पादित मिति र म्याद सकिने मितिबाहेक आफ्नो उत्पादनमा कुनै लेबलिङ नगरेको भेट्यौं।’

उद्योगका सञ्चालकलाई कमिकमजोरी सच्याउन ३ दिनको समय दिइएकोे उनले बताए। उद्योग र उत्पादित वस्तु स्टोर गरिएको ठाउँ निकै फोहोर रहेको पोखरेलले सुनाए। 

उक्त बेकरी उद्योगको २८ हजार बराबरको सामग्री मंगलबार नै नष्ट गरिएको छ। 

उद्योगबाट उत्पादित ९० थान केक, २५ प्याकेट क्रिमरोल, १० प्याकेट पफ प्यास्ट्री र केक बनाउन प्रयोग गरिने ३ केजी क्रिम नष्ट

गरिएको समिति सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए। 

संघ सरकारले उपभोक्ता ऐन परिमार्जनसहित जारी गरेपछि गण्डकी प्रदेश सरकारले नियमावली बनाएर प्रदेशस्तरीय अनुगमन थालेको हो। 

प्रदेशले आफ्नै नियमावली अनुसार अनुगमन थालेको पनि झन्डै वर्ष दिन पुग्न थालेको छ। 

अहिले किराना पसलेले मूल्यमा मनपरि गरेको पाइएपछि त्यसलाई नियन्त्रणको प्रयासमा अनुगमन समिति लागिपरेको छ। 

सप्लायर्सले पुरानै मूल्यमा वस्तु किराना पसलसम्म पु¥याए पनि त्यहाँ मूल्यमा मनपरि गरेको भेटिएको अनुगमन समितिका संयोजक गोकुल शर्मा पौडेलले बताए। 

‘अहिले आलु, चिनी, चामलको मूल्यमा किराना पसलले मनपरि गरेको पाइएको छ। मूल्यवृद्धि भएको पाए कारबाही गर्छौं,’ उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकसमेत रहेका शर्माले भने, ‘हाम्रो अनुगमन निकै प्रभावकारी बनेको छ।’

अनुगमन समितिले १ वर्षमा गरेको कामको प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाइसकिएको र त्यसलाई छिट्टै सार्वजनिक गरिने शर्माले बताए। 

अनुगमन समितिका सदस्य सचिव भरतमणि बराल, उद्योग निर्देशनालयका अधिकृत प्रदिप रेग्मी र धु्र्रव पौडेल लगायतको टोली अनुगमनमा पुगेको हो। 


Leave a Reply

Your email address will not be published.