लेबनान विष्फोटमा ७८ मारिए, ४ हजार घाइते

लेबनान विष्फोटमा ७८ मारिए, ४ हजार घाइते

लेबनानको राजधानी बेरुतमा मंगलबार राति भयानक विष्फोट हुँदा कम्तीमा ७८ मानिस मारिएका छन् भने ४ हजार भन्दा बढी घाइते भएका छन्। 

टतीय राजधानीमा भएको यो घटनाको कारणबारे आपसमा बाझिनेखालका रिपोर्टहरु आइरहेका छन्। सुरुमा एक पटाकाको गोदाममा भएको आगलागीबाट विष्फोट भएको हुनसक्ने आंकलन गरिएको थियो। 

लेबनानका प्रधानमन्त्री हसान दायबले एक वक्तब्यमा उल्लेख गरेअनुसार उक्त्त गोदाममा विगत ६ वर्षदेखि झन्डै तीनहजार टन एमोनियम नाइट्रेड नामक विष्फोटक पदार्थ स्टोर गरिएको थियो। 

लेबनानको एक समाचार एजेन्सीले पनि तटीय क्षेत्रको एक विष्फोटक गोदाममा सल्किएको आगोका कारण घटना भएको बताएको छ। 
तर अहिलेसम्मको यसको एकीन कारण खुल्न सकेको छैन। विष्फोट यति भयानक थियो कि त्यसको आवाज २४० किलोमीटर टाढा रहेको साइप्रसम्म त्यसको आवाज पुगेको थियो। 

लामो समयदेखि इजरायलसँगको द्वन्द्वमा फँसिरहेको लेबनान अहिले चरम आर्थिक संकटसँग जुधिरहेको छ। अहिले लेबनानमा सरकारविरुद्ध पनि प्रदर्शन भइरहेको छ। १९७५देखि ९०सम्मको गृहयुद्धपछि लेबनान अहिले सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहको छ। 

बिबिसीका अनुसार इजरायलका एक उच्च अधिकारीले यो विष्फोटसँग उसको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। 


Leave a Reply

Your email address will not be published.