भारतसँग विवादित काश्मिर समेटेर पाकिस्तानले जारी गर्यो नयाँ नक्सा
पाकिस्तानले भारतसँगका विवादित क्षेत्र काश्मिरलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ।
हाल भारत प्रशासित क्षेत्र काश्मिरलाई समेट्दै पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो।
भारत पाकिस्तान स्वतन्त्र भएदेखि नै जम्मु काश्मिरलाई लिएर विवाद चल्दै आएको छ। दुवै देशले आफ्नो दावी छाडेका छैनन्।
पाकिस्तानले विवादित क्षेत्रबारे संयुक्त राष्ट्रसंघको मध्यस्थतामा जनमत संग्रह हुनुपर्ने बताउँदै आएको छ।
नयाँ नक्सा जारी भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारको निर्णयलाई सबै विपक्षी दलका साथै कास्मिरी नेतृत्वले स्वागत गरेको बताए।
‘पाकिस्तानको नयाँ नक्साले पाकिस्तानी जनतामा उत्साह छाएको छ’ प्रधानमन्त्री खानले भनेका छन्।
उनले भारतले गत वर्ष जम्मुकास्मिर बारे उठाएको गैर कानुनी कदमलाई नयाँ नक्साले जवाफ दिएको बताएका छन्।
पाकिस्तानले जारी गरेको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेको जुनागढ र सर क्रिक पनि सामेल गरेको छ।