बुटवलका १३ वटा घर डाेजर लगाएर भत्काइयाे

बुटवलका १३ वटा घर डाेजर लगाएर भत्काइयाे

बुटवल कालिका पथका १३ वटा घर डाेजर लगाएर भत्काइएको छ। बुटवल उपमहानगरपालिकाले बुधवार बिहान प्रहरीको कडा सुरक्षाबीच  डाेजर चलाएको हाे। 

बुटवलकाे याेगिकुटिदेखि कृषी उपज केन्द्रसम्मकाे साढे ३ किलोमिटर सडकलाई उपमहानगरले वाइपास सडककाे रूपमा विस्तार गरिरहेकाे छ। 

उक्त सडक ८२ फुट फराकिलाे हुनेगरि काम भइरहेकोमा १३ घरले मापदण्डअनुसार नभएपछि डाेजर लगाइएको बुटवल उपमहानगरपालिकाका सिनियर इन्जनियर सुमन श्रेष्ठले बताए।

उक्त सडक बुटवल उपमहानगरपालिकाकाे गौरबकाे आयाेजनामध्ये एक हाे।


Leave a Reply

Your email address will not be published.