श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते 

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते 

झापाको मेचीनगरमा श्रीमतीले खुकुरी प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन्।

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित लक्ष्मीटोलकी ७७ वर्षीया पूर्णमाया तामाङले ८१ वर्षे श्रीमान जयबहादुरको टाउकोमा मंगलबार राति खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

आपसमा विवाद हुँदा आवेशमा आएर उनले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।

पूर्व भारतीय सेना रहेका जयबहादुरको टाउकोमा पूर्णमायाले तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। गम्भीर घाइते जयबहादुरको पूर्णटुङ्ग बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published.