सुनसरीका तीन पालिकामा लकडाउन, कार्यान्वयन गराउन प्रहरी र सशस्त्र सडकमा

सुनसरीका तीन पालिकामा लकडाउन, कार्यान्वयन गराउन प्रहरी र सशस्त्र सडकमा

स्थानीय सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गराउन सशस्त्र र नेपाल प्रहरी सक्रिय भएर लागेका छन्।

सुनसरीका तीन पालिका इटहरी, दुहबी र इनरुवाले मंगलबार लकडाउन गर्ने घोषणा गरेका थिए। त्यस्तै आज केहीबेर अघिमात्र बसेको धरान उपमहानगरको कार्यपालिका बैठकले समेत लकडाउन गर्ने घोषणा गरेको छ। 

यी चार पालिकाले समुुदायमा कोरोना फैलिएको निष्कर्ष निकालेका छन्। इटहरी र दुहबीमा नगरपालिकाकै कर्मचारीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ। पछिल्लो एक हप्तायता देखिएको संक्रमणको दर मध्यनगर गर्दै कडा लकडाउनमा जानुुपरेको इटहरी

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्। उनी आफैं होम क्वारेन्टाइनमा छिन्। 

शुक्रबार नगरपालिकाका कर्मचारीको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि विराटनगर पठाइएको थियो। उक्त लटमा पठाइएको नमूनामध्ये गौतमको सवारी चालकमा कोरोना पोजेटिभ पाइएपछि उनी हाल मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय

परिसरको कोभिड आइसेलेटेड अस्पतालमा भर्ना भएका छन्। गौतमको नमूनाको भने आज नजिता आउँदै छ। 

इटहरीमा मंगलबारसम्म ३ सय ५२ जनाको नमुुना संकलन गरिएको मध्ये ५ वडाका १० व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। तर, संकलित नमूनामा सबैको नतिजा आइनसकेको इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिएका छन्। 

उनका अनुसार इटहरी क्षेत्रका अरु मानिसको नमूना संकलन तीव्र पारिएको छ। यो प्रदेश १ का सबै पालिकामध्ये पछिल्लो ४ दिनमा बढी नमूना संकलन भएको पालिकासमेत रहेको उनले जानकारी दिए। 

इनरुवामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै दुहबी नगरपालिकाका १ कर्मचारीसहित चार जनामा संक्रमण पुष्टि भएको नगर प्रमुख वेदनारायण गच्छदारले जानकारी दिएका छन्। उनले कार्यालय सिल गरेर १४ दिन लकडाउनमा जाने निर्णय भएको बताए। 

आज मध्यरातिदेखि लकडाउन गर्ने घोषणा गरेको धरानमा भने २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। तीमध्ये १४ जना निको भएर घर गइसकेका छन्।

संक्रमण फैलिएको यकिन भएपछि धरान औद्योगिक क्षेत्रको प्रीति भल्ब उद्योगलाई सिल गरेर नगरले सतर्कता बढाइरहेको उपमेयर मञ्जुु भण्डारीले जानकारी दिएकी छन्। उनले थप जोखिम न्यूनीकरण गर्न बाध्यात्मक रूपमा लकडाउन नै गर्नुुपरेको बताइन्। 

पालिका तहमा भएको लकडाउन निर्णय गर्ने बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सहभागी थिए। 
जिल्लाका सबै सुरक्षा निकायका प्रमुखसहित बसेको पालिका तहको बैठकले लकडाउन अन्तिम विकल्प रहेको निष्कर्ष निकालेका थिए।

नेपाल सरकारले लकडाउन खुला गर्ने निर्णय गरे पनि प्रदेश १ मा भने स्थानीय पालिकाहरूले अवस्था हेरेर लकडाउन खुला गर्नसक्ने अधिकार दिएको छ।

सोही आधारमा संक्रमण फैलिएका स्थानीय पालिकाले भने लकडाउनको घोषणा गरेका हुन्। यसअघि विराटनगर महानगरपालिकाले साउन १६ गते लकडाउन गर्ने निर्णय गरेको थयो। 

संघीय सरकारमातहत रहेका तीनै तहका सुरक्षा निकायले भने लकडाउन पालना गर्न स्थानीय पालिकालाई सहयोग गरेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फ्रन्टलाइनमा खटाउने र विशेष परिस्थिति सिर्जना भए नेपाली सेनासँगको सहकार्यमा सिर्जित समस्या समाधान गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.