सुन तोलाको १ लाख १ हजार ४ सय

सुन तोलाको १ लाख १ हजार ४ सय

नेपाली बजारमा सुनको भाउ १ लाख १ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो।

बुधबार सुनको भाउ एकैपटक १ हजार ६ सय रुपैयाँ बढेको छ। 

नेपाली बजारमा गत साता मात्र सुनको भाउ साढे ३ हजार रुपैयाँले बढेको थियो। गत शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ८ सयमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ १ लाख ९ सय रुपैयाँ पुगेको छ। 

यसैगरी, चाँदीको भाउ  पनि पछिल्लो विस्तारै बढिरहेको छ। 

चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। 

 


Leave a Reply

Your email address will not be published.