सिंहदरबार प्रवेशमा कडाइ, गृह मन्त्रालय भन्छ– ‘अत्यावश्यक’ कामका लागि रोकेका छैनौँ

सिंहदरबार प्रवेशमा कडाइ, गृह मन्त्रालय भन्छ– ‘अत्यावश्यक’ कामका लागि रोकेका छैनौँ

सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। राजधानीमा कोरोना भाइरसको संक्रमण बढेसँगै सिंहदरबार प्रवेशमा कडाई गरेको हो। 

सिंहदरबार परिसरभित्र सरकारीबाहेक अरु सबै पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ। 

अन्य सेवाग्राहीलाई समेत प्रवेश पासमा निकै कडाई गरिएको गृहमन्त्रालयले जनाएको छ। 

समाचार संकलनका लागि सिंहदरबार र्छिन खोज्ने निजी सञ्चार माध्यमका पत्रकारहरुलाई गेटमा बसेका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फर्काइदिएका छन्। तर, सरकारी सञ्चरमाध्यमका पत्रकारलाई पनि प्रवेश दिइएको छ। 

गृहमन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रवेश नै निषेध गरिएको भन्ने होइन तर, भीडभाड नियन्त्रण गर्न भने केही कडाई गरिएको हो। 

‘पत्रकारहरुको हकमा सरकारी वा निजी सञ्चारमाध्यमका लागि भन्ने होइन, सर्वसाधारणलाई पनि अत्यावश्यक काम लागि प्रवेश दिइएको छ’ आयोमेलसँग उनले भने ‘तर, भीडभाड नियन्त्रणका लागि केही सजकता अपनाइएको हो। 
 


Leave a Reply

Your email address will not be published.