कोरोना उपचारमा एली लिलीको एन्टिबडी औषधीले जगायाे आशाको किरण

कोरोना उपचारमा एली लिलीको एन्टिबडी औषधीले जगायाे आशाको किरण

दर्जनौं औषधी कम्पनीहरू कोरोना भाइरसविरुद्ध खोप पत्ता लगाउने दौडमा लागिरहँदा यस रोगको उपचारका लागि एउटा आशाको किरण पलाएको छ।

अमेरिकी नर्सिङ होमहरूमा कोभिड-१९ को रोकथाम तथा त्यसको उपचार क्षमता बढाउन अनुसन्धानको क्रममा रहेको एन्टिबडी औषधी 'एलवाई-सीओभी ५५५' को परीक्षण तेस्रो चरण पुगेको अमेरिकी औषधी निर्माता एली लिलीले सोमबार घोषणा गरेको छ।

एन्टिबडी शरीरले भाइरसजस्ता बाहिरी तत्वको आक्रमणबाट प्रतिरक्षाका लागि उत्पादन गर्ने एक प्रकारको प्रोटिन हो। त्यस्तो एन्टिबडी यस रोगबाट निको भएका बिरामीहरूको रगतबाट वा प्रयोगशालामा आनुवांशिक सिक्वेन्सिङद्वारा प्राप्त गर्न सकिन्छ।

चीनले यस रोगबाट निको भएका बिरामीको प्लाज्मा प्रयोग गरेर अन्य बिरामीको उपचार गर्दैछ तर यो प्रक्रिया आपूर्तिद्वारा सीमित छ। औसत एक बिरामीको उपचारका लागि निको भएका चार व्यक्तिबाट प्लाज्मा निकाल्नुपर्ने हुन्छ।

लिलीको उक्त प्रयोगात्मक औषधी प्रयोगशालामा तयार गरिएको र सार्स-कोभ-२ को ‘स्पाइक प्रोटिन’लक्षित गरी डिजाइन गरिएको हो ।

भाइरसको औपचारिक नाम हाललाई स्पाइक प्रोटिन नै राखिएको छ । जसले कोरोना भाइरसलाई मानव कोषहरूमा प्रवेश गर्नबाट रोक्दछ।

यो प्रक्रियाले भाइरसलाई नष्ट पार्ने क्षमता राख्छ, यद्यपि यो खोप होइन। यसका अनुसन्धानकर्ताहरूले यो औषधीले कोभिड–१९ लाई मात्र उपचार गर्ने नभई संक्रमणसमेत रोक्दछ ।

‘कोभिड-१९ ले नर्सिङ होममा रहेका बिरामी तथा बुढेसकालका व्यक्तिहरूमा विनाशकारी प्रभाव पारेको छ। हामी सकेसम्म छिटो औषधीहरू सिर्जना गर्ने काम गरिरहेका छौं जसले यी कमजोर व्यक्तिहरूमा भाइरसको फैलावट रोक्न सकोस्,’ लिलीका प्रमुख अनुसन्धानकर्ता डानियल स्कोभ्रोन्स्कीले भने।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले हालसम्म कोभिड–१९ को रोकथाम वा उपचारका लागि कुनै पनि औषधी अनुमोदन गरिसकेको छैन। गम्भीर अवस्थामा अस्पताल भर्ना भएका बिरामीलाई उपचारमा छोटो समयमा स्वास्थ्य लाभ गराउन सक्ने प्रारम्भिक नतिजाका आधारमा गत मे १ मा एफडिएले आपत्कालीन प्रयोगका लागि रेमडेसिभिर नामक एन्टिभाइरल औषधी स्वीकृत गरेको थियो।

जुलाई अन्त्यसम्म आठ पटक सार्स-कोभ-२ ‘न्युटरालाइजिङ’ एन्टिबडीको क्लिनिकल परीक्षण भएको थियो। यस दौडको नेतृत्व रिजेनेरोनले गरेको छ। जसअन्तर्गत दुई ‘न्युटरालाइजिङ’ एन्टिबडीको मिश्रणले कोरोना भाइरस बिरामीसँग निकट सम्पर्क रहेका

व्यक्तिलाई संक्रमण हुनबाट बचाउन सक्ने सम्भावनाबारे भइरहेको अध्ययन तेस्रो चरणमा छ। कम्पनीले आफ्नो अनुसन्धानमा अस्पताल भर्ना भएका र नभएका दुवैथरी काभिड-१९ बिरामीलाई समावेश गरेको छ।

सोमबार सार्वजनिक गरिएको एक समीक्षा पत्रमा कम्पनीले जनावरमा भएको अध्ययनले सो एन्टिबडी ककटेलले ‘विषाणु संक्रमणलाई पूर्ण रूपले रोक्न सक्छ’ र सार्स-कोभ-२ बाट उच्च स्तरमा संक्रमित जनावरमा संक्रमण कम गर्न सक्छ भनेको छ।

(साउथ चाइना मर्निङ पोस्टबाट अनुवादित सामग्री)


Leave a Reply

Your email address will not be published.