मोदीले अयोध्यामा राममन्दिरका लागि भूमि पूजा गरे, जनकपुरले दियो पाँच चाँदीका इँटा

मोदीले अयोध्यामा राममन्दिरका लागि भूमि पूजा गरे, जनकपुरले दियो पाँच चाँदीका इँटा

निकै चर्चामा रहेको अयोध्यामा राममन्दिर बनाउनका लागि भूमि पूजा गरिएको छ। 

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरका लागि भूमिपुजन गरेका हुन्। भुमी पुजनमा करिब दुई सय विशिष्ट अतिथी सहभागी भएका छन्।

भुमी पुजनमा सहभागी भएका पाहुनालाई भारत सरकारले राम मन्दिर अंकित सिक्का उपचार दिनेछ। 

अयोध्या पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्। त्यस्तै हनुमानगढीको दर्शन र राम मन्दिरको शिलान्यस गर्ने पहिलो प्रधानमन्त्रीका रुपमा मोदी चिनिएका छन्। 

अयोध्यामा भइरहेको भुमी पुजनमा प्रधानमन्त्री मोदिका साथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वंयसेवकका अध्यक्ष भागवत र राज्यपाल आनन्दीबेन पटेललगायत छन्। 

बावरी मस्जिद बनाउने कि राम मन्दिर बनाउने भन्ने विषयमा यो भूमिको विवाद परापूर्वकालदेखि थियो। 

शताब्दीपछि अदालतले त्यहाँ राम मन्दिर नै रहेको र मस्जिदका लागि त्यहीँ नजिकै केही जग्गा दिने भनेर फैसला गरेपछि प्रधानमन्त्री मोदीले मन्दिरका लागि भूमि पुजा गरेका हुन्। 

नेपालका तर्फबाट जानकी मन्दिरका महन्त रामतपेश्वर दास पनि भूमि पूजामा सहभागी भएका छन्। 

दास जनकपुरको तर्फबाट पाँच ओटा चाँदीका इट्टा उपहार लगेर अयोध्या गएका छन्। 

र, याे पनि

 

अयोध्या जान जानकी मन्दिरका महन्तलाई प्रशासनले 'पास' दियो

राम मन्दिर शिलान्यासमा अयोध्या हिँडेका जानकी मन्दिरका महन्त नाकाबाट किन फर्काइए?


Leave a Reply

Your email address will not be published.