कैलारी गाउँपालिकामा अनिश्चितकालिन लकडाउन

कैलारी गाउँपालिकामा अनिश्चितकालिन लकडाउन

कैलालीको कैलारी गाउँपालिकाले बिहीबारदेखि लागू हुने गरी अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। 

मंगलबार गाउँपालिकाको स्वास्थ्य  शाखामा कार्यरत ल्याब असिस्टेन्ट, क्वारेन्टाइनमा खाना पकाउने भान्से र विद्यालयका चौकीदारलगायत ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कैलारी गाउँपालिकाले बिहीबार रातिदेखि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको अध्यक्ष लाजुराम चौधरीले बताए।

उनले हाल देखापरेका संक्रमितको सम्पर्कमा आएका सबै व्यक्ति पत्ता लगाई उनीहरूको पिसिआर रिपोर्ट नआउञ्जेलसम्म लकडाउन जारी रहने बताए।

‘अहिले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य गरी कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको छ,’ अध्यक्ष चौधरीले भने, ‘सबैलाई क्वारेन्टाइनमा राखेर उनीहरूकाे पिसिआर रिपोर्ट आएपछि मात्रै लकडाउन अन्त्यको घोषणा गर्नेछौं।’ 

लकडाउन अवधिभर कैलाली गाउँपालिका भएर धनगढी तथा भजनी क्षेत्रमा जाने सवारीबाहेक अन्य सबै क्षेत्र बन्द हुने उनले बताए ।


Leave a Reply

Your email address will not be published.