विष खाएर कर्मचारीले गरिन् बैंकभित्रै आत्महत्या 

विष खाएर कर्मचारीले गरिन् बैंकभित्रै आत्महत्या 

विराटनगरको सनराइज बैंकमा कार्यरत एक कर्मचारीले मुसा मार्ने औषधि खाएर आत्महत्या गरेकी छन्। आत्महत्या गर्नेमा विराटनगर-८ की ३० वर्षीया सनाज खतिवडा रहेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए।

मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन्। प्रहरीकाअनुसार उनले विष खाएको पाइएको छ। घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेज आधारमा अनुसन्धान सुरु गरेको खड्काले जानकारी दिए।

हातमा चोट देखिएको र रगत बगेको देखिएको प्रहरीको भनाई छ।  उनलाई बेहोस अवस्थामै कर्मचारीले नोवेल अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पु-याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।  

शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पुर्‍याएको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published.