देशभर ३८१ सहित काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए

देशभर ३८१ सहित काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए

बुधबार देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको बताए।

योसँगै नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। बुधबार ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन्।

बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले बताए।

हालसम्म १५ हजार १ सय ५६ जना संक्रमण निको भएका छन्। जुन कुल संक्रमित मध्ये ७०.८ प्रतिशत निको भएका छन्।

आज मात्रै १३० जना कोरोना जितेर घर फर्किएका छन्। मन्त्रालयका अनुसार हाल ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म कोरोना संक्रमणको कारणले ६० जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.