सुदूरपश्चिमका ४३ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घन्टाको अवधीमा सुदूरपश्चिममा ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ।
स्वास्थय मन्त्रालयका अनुसार आज डडेलधुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ११ र सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका ३२ जनामा कारोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ८६ स्वाव परीक्षणमा कैलालीका ९ महिला र १२ पुरुष, अछामका ४ महिला र तीन पुरुष, बझाङका २ महिला र १ पुरुष तथा कञ्चनपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि भएकाहरूमा कैलालीमको लम्कीका ९ महिला र ८ पुरुष, गोदावरी नगरपालिका ४ का एक पुरुष, भजनीका दुई पुरुष र टिकापुर नगरपालिका–५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी आजनै बझाङको जयपृथ्बी नगरपालिकाका एक महिला र एक पुरुष, खप्तड छान्न गाउँपालिकाकी दुई महिने बालिका, बान्नी गढी अछामका ४ महिला र दुई पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।