शिक्षकमाथि सामूहिक कुटपिट, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

शिक्षकमाथि सामूहिक कुटपिट, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सोमबार राति मुगुमा एक शिक्षकमाथि कुटपिट भएको छ।

जिल्लाको सोरु गाउँपालिका-३ निवासी शिक्षक बिष्णु राज धामीलाई स्थानीय युवाहरूको समूहले कुटपिट गरेको हो। 

उनी कालिका आधारभूत विद्यालय, लिबुरमा अध्यापनरत शिक्षक हुन्।

स्थानीय मनोज धामीको नेतृत्वमा आएको सात जनाको युवा समूहले धामीलाई अपहरण शैलीमा घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

धामीको टाउको, पिठ्यु र तिर्घामा चोट लागेको छ। तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र जिल्लाको सदरमुकाम गमगढी पुग्न दुई दिन लाग्ने भएपछि उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतमा रहेको प्रदेश अस्पतालमा ल्याइएको छ।

प्रहरीले कुटपिटमा संलग्नहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.