यी हुन ‘मदन पुरस्कार २०७६’ का लागि छनोट भएका कृति
मदन पुरस्कारका लागि छनोटमा परेका सात कृतिको नाम सार्वजनिक गरिएको छ।
मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०७६' का लागि १ सय ५१ पुस्तक प्राप्त भएकोमा सात पुस्तक छनोट गरेको जनाएको छ।
मदन पुरस्कारका लागि विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १-३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टकाे मोहपथ र शारदा शर्माको यात्रामा कृति छनोट भएका छन्।
यी पुस्तकमध्येबाट एक पुस्तकलाई २०७६ को मदन पुरस्कार प्रदान गरिने छ।